मुलुकको राजनीतिक परिवर्तन पछि युवाको भुमिका कम आवश्यक ठाने पनि युवाहरुलाई हेरिने दृष्टिकोण बदल्न सफल भएका छन् आजका युवाहरु । राजनीतिक आर्थीक सामाजिक सांस्कृतिक हरेक पाटोमा युवाहरु परिवर्तनका संबाहक भएको स्विकारोक्ति भैसके पनि यिनको वास्तबिक पहिचान भने आफैमा रुमलिएको छ ।
जापानले ०-२४ भारतले १३-३५ अमेरिकाले १२-१८ दक्षिण अफि्रकाले १४-३५ र नेपालले १६-४० वर्ष उमेर समूहलाई यूवाको परिभाषामा बाधेको छ । युवाको पहिचान धेरै मुलुकहरुले बाल्यकाल वा किशोरावस्थाबाट वयश्क मा परिणत हुने शारीरिक आधारमा मात्रै परिभाषित गरिरहेका छन् । शारीरिक आधारमा अर्थात उमेरका आधारमा मात्रै परिभाषित गर्दा युवावस्था अलि सांगुरो हुन सक्छ । नेपालकै सेरोफेरेामा हेर्ने हो भने पनि कोही १०।१२ बर्ष उमेरमै श्रम बजारमा प्रबेश गर्छन पठनपाठन ढिलो हुन्छ छिटो बिबाह गर्छन् बिहे नगर्दै बच्चै मानिन्छ बिहे भैसके पछि बुढोको संज्ञा दिइहालिने परम्पराले गर्दा युवाको परिचय नै कताकता हराइ रहेको अनुभव हुन्छ भने अर्कोतिर राजनीतिक र अन्य सामाजिक रितिरिवाजलाई मान्ने हो भने १० देखि ४० बर्ष सम्मकालाई युवा भन्दा पनि फरक नपर्ने स्थिति त छ तर सामाजिक आर्थिक मनोबैज्ञानिक सुचना चेतना र शिपको आधारमा युवाको पहिचान हुन सकेमा वास्तविक परिचय खूल्न सक्छ । जसरी महिनावारी बिबाह र सन्तान प्राप्तीका आधारमा समाज पिच्छे नारित्व परिभाषित हुन्छ त्यसरीनै युवाको पहिचान पनि समयानुसार फरक फरक हुने यथार्थलाइ बिस्रनु हुंदैन । तर जसलाइ हामी युवा भनेर परिचय दिन्छौ उसले युवाको अनुभव गर्दैन भने उसलाइ युवा भनीरहनु तुक नरहन सक्छ २४ बर्षे ब्यक्तिलाइ कसैको परिभाषकै आधारमा तिमी युवा हौ भनेर घच्घच्याइ रहनु र ३५।४० बर्षे ब्यक्ति आफैले युवाको अनुभव गर्छ भने त्यहां परिभाषाले बांधेर राख्नुको के अर्थ । कहिलेकाहीं आफ्नै परिचय अरु कसैले राखिदिँदा त्यो बोझ पनि हुन सक्छ त्यो परिभाषाले आफ्नो सम्पúर्ण प्रतिनिधित्व नगर्न सक्छ ।
युवाबस्था भन्ने बित्तिकै कतिले प्रेम प्रणय मनोराजन र रोमान्ससँग जोड्न सक्छन् कतिले जीवनको आधार सुचना र चेतनासँग जोड्न सक्छन् भने कति ब्यक्तिहरु जीवन जिउने कला र शीप सिक्ने बेला भन्न सक्छन् त कतिपयले पारिवारिक र शैक्षिक उत्तरदायित्वसँग जोड्न पनि सक्छन् । हो त्यो सबैको इच्छा र चाहनालाई एकै ठाउँमा ल्याएर उमेरको आधारमा खिचडी बनाउँदा त्यो खिचडी सबैलाई मन नपर्न सक्छ । ती कुराहरुलाइ समय सापेक्ष रुपमा परिबर्तन गर्दै लैजानुका साथै आफ्ना सोंच र संस्कारलाई परिष्कृत गर्नु आवश्यकता पनि हो ।
नयाँ नेपालमा युवाको सपना साकार पार्नकालागि आफ्नो परिचय आफै बनाएर वा आफ्नो परिचय अरु कसैले बनाइदिएर मात्र पुग्दैन । युवाको चाहनाको आधारमा नीति नियमहरुलाइ बहकाएर मात्रै पनि हुंदैन । युवाका आवश्यकताका आधारमा राष्ट्रिय सोंच र संस्कारको बिकाश पनि गर्नु पर्दछ । स्थानिय श्रोत र साधनको उपयोग गरेर जीवन जिउन सक्ने सीप र कला सिकाउने संयन्त्र हुनु पर्दछ । यदि जीवन जिउने सिप र कलाको संयन्त्र भयो भने मात्रै सर्प जस्तो घस्रने अर्थतन्त्र होइन भ्यागुतो जस्तो उफ्ने अर्थतन्त्रको कल्पना सार्थक गर्न सकिन्छ । नत्र बीस प्रतिशत आर्थिक बृि¢ दश हजार मेघावाट जलबिद्युत उत्पादन दश लाख युवालाइ नेपालमै रोजगारी बेरोजगारी भत्ता महत्वकांक्षी सपना मात्र हुन सक्छन् । नेपाली युवाहरु मात्रै समयको सदुपयोग शिप र काम खोजीरहेका छन् । युवाहरु बेरोजगारी भत्ता खोजेका छैनन् । त्यो संयन्त्र खोई यदी यो संयन्त्र भएमा दिनहुं एयरपोर्टमा हुने युवाहरुको लाइन स्वतः कम हुने छ ।
समाजलाई दोष नदिउँ भने पनि नदिइरहन सिकंदैन हाम्रो समाज यस्तो छ कि आधुनिक बन्न खोज्छ नयाँ बन्न खोज्छ तर सोंच पुरानो छ शैली पुरानो छ । नयाँ र सृजनशील काम थाल्ने भन्दा पनि परम्परालाइ जोगाउने संस्कृति बढि छ । अर्थात शक्तिलाइ मान्छौ तर युवाहरुलाइ शक्तिका रुपमा स्थापित गर्दैनौ बरु शक्ति केन्द्रबाट उपयोग गर्छौ । अशल शिक्षाको अभावका कारण यासा्रगुम्बा बुझ्नलाइ अमेरिकी जर्नल पढ्नु पर्ने बाध्यता छ । त्यसैले पनि होला प्लस टु सिध्याइ सके पनि नेपाल बस्न नचाहने युवाहरुको संख्या बढेको ।
फेरी अर्को पाटो हामी अरुलाई बढि दोष त दिइरहेका छैनौ हामी पढेका भनिएका युवाहरु बढि महत्वकांक्षी त छैनौं हामी अपरिपक्व आक्रोश र आवेगलाइ बढी महत्व त दिइरहेका छैनौं किन कन्फ्युज्ड भएका छौ किन निराश छौ किन नेपाल बस्न चाहंदैनौ
होला हामीसंग धेरै अप्ठ्याराहरु होलान् तर किन हामी अप्ठ्यारो भित्र अबसर लुकेको देख्दैनौं किन कोइला भित्र पनि हिरा लुकेको हुन्छ भनेर बुझ्दैनौं हामी अल्लारे अब्यबहारीक र निराश मात्र छैनौं हामी जिम्मेवार छौं हामीसँग उर्जा छ सिर्जना छ प्राथमिकता फरक होला हामी आदर्शबादी मात्र होइन ब्यबहारीक पनि छौं हाम्रा कुराहरु पनि काम लाग्ने छन् । हामी असम्भव काम गर्न चाहन्छौं ब्यबहारीक भएर । हामी भविष्य मात्र पर्खेर बस्दैनौं हामी बर्तमान भएर उचित योजना अनुसार अगाडि बढ्न चाहन्छौ भनेर किन संचार गर्न सकिरहेका छैनौं किन हामी परिचय दिन डराइरहेका छौ
?
त्यसका लागी युवामा उचित लगानी र कामको सुनिश्चित नगरेसम्म युवाले आफ्नो निर्णय लिन सक्ने क्षेत्रहरुमा लगानी नभएसम्म शिक्षा रोजगार र पारिवारीक स्वास्थ्यमा लगानी नभएसम्म युवाहरुले आर्थिक र सामाजिक पहिचान प्राप्त गर्न सक्दैनन् । विविध चूनौतीका ढिस्काहरु पार गर्न यूवाहरु कुनै संघसंस्थाको सदस्य भएर राजनितीमा लागेर बिकाशमा लागेर बिदेश गएर जे गरेर भए पनि युवाहरु आफ्नो छुट्टै परिचय र परिवर्तन खोजिरहेका छन् । युवाहरुले यी तमाम काम गर्दा गर्दा पनि सफलता हात लागेन भने के गर्ने त उसलाइ कसले सहारा दिन्छ त्यो अबस्थामा फेरी परिबर्तन गर्न खोजेको समाज र परिवार मै फर्कनु पर्छ आफ्ना आदर्शहरु बिस्रनुपर्छ अरु जस्ता छन् त्यसैमा ढिलंदै जानुपर्छ भने त्यो जोखिम कसले लिने यो प्रश्न मेरा लागि तपाईका लागि हामी आम् परिबर्तनकारी युवाका लागि
No comments:
Post a Comment