Saturday, August 11, 2012

युवा पहिचानमा चुनौती किन ???


मुलुकको राजनीतिक परिवर्तन पछि युवाको भुमिका कम आवश्यक ठाने पनि युवाहरुलाई हेरिने दृष्टिकोण बदल्न सफल भएका छन् आजका युवाहरु । राजनीतिक आर्थीक सामाजिक सांस्कृतिक हरेक पाटोमा युवाहरु परिवर्तनका संबाहक भएको स्विकारोक्ति भैसके पनि यिनको वास्तबिक पहिचान भने  आफैमा रुमलिएको छ ।

जापानले ०-२४ भारतले १३-३५ अमेरिकाले १२-१८ दक्षिण अफि्रकाले १४-३५ र नेपालले १६-४० वर्ष उमेर समूहलाई यूवाको  परिभाषामा बाधेको छ । युवाको पहिचान धेरै मुलुकहरुले बाल्यकाल वा किशोरावस्थाबाट वयश्क मा परिणत हुने शारीरिक आधारमा मात्रै परिभाषित गरिरहेका छन् । शारीरिक आधारमा अर्थात उमेरका आधारमा मात्रै परिभाषित गर्दा युवावस्था अलि सांगुरो हुन सक्छ । नेपालकै सेरोफेरेामा हेर्ने हो भने पनि कोही १०।१२ बर्ष उमेरमै श्रम बजारमा प्रबेश गर्छन पठनपाठन ढिलो हुन्छ छिटो बिबाह गर्छन् बिहे नगर्दै बच्चै मानिन्छ बिहे भैसके पछि बुढोको संज्ञा दिइहालिने परम्पराले गर्दा युवाको परिचय नै कताकता हराइ रहेको अनुभव हुन्छ भने अर्कोतिर राजनीतिक र अन्य सामाजिक रितिरिवाजलाई मान्ने हो भने १० देखि ४० बर्ष सम्मकालाई युवा भन्दा पनि फरक नपर्ने स्थिति त छ तर सामाजिक आर्थिक मनोबैज्ञानिक सुचना चेतना र शिपको आधारमा युवाको पहिचान हुन सकेमा वास्तविक परिचय खूल्न सक्छ । जसरी महिनावारी बिबाह र सन्तान प्राप्तीका आधारमा समाज पिच्छे नारित्व परिभाषित हुन्छ त्यसरीनै युवाको पहिचान पनि समयानुसार फरक फरक हुने यथार्थलाइ बिस्रनु हुंदैन । तर जसलाइ हामी युवा भनेर परिचय दिन्छौ उसले युवाको अनुभव गर्दैन भने उसलाइ युवा भनीरहनु तुक नरहन सक्छ  २४ बर्षे ब्यक्तिलाइ कसैको परिभाषकै आधारमा तिमी युवा हौ भनेर घच्घच्याइ रहनु र ३५।४० बर्षे ब्यक्ति आफैले युवाको अनुभव गर्छ भने त्यहां परिभाषाले बांधेर राख्नुको के अर्थ । कहिलेकाहीं आफ्नै परिचय अरु कसैले राखिदिँदा त्यो बोझ पनि हुन सक्छ त्यो परिभाषाले आफ्नो सम्पúर्ण प्रतिनिधित्व नगर्न सक्छ । 

 युवाबस्था भन्ने बित्तिकै कतिले प्रेम प्रणय मनोराजन र रोमान्ससँग जोड्न सक्छन् कतिले जीवनको आधार सुचना र चेतनासँग जोड्न सक्छन् भने कति ब्यक्तिहरु जीवन जिउने कला र शीप सिक्ने बेला भन्न सक्छन् त कतिपयले पारिवारिक र शैक्षिक उत्तरदायित्वसँग जोड्न पनि सक्छन् । हो त्यो सबैको इच्छा र चाहनालाई  एकै ठाउँमा ल्याएर उमेरको आधारमा खिचडी बनाउँदा त्यो खिचडी सबैलाई मन नपर्न सक्छ । ती कुराहरुलाइ समय सापेक्ष रुपमा परिबर्तन गर्दै लैजानुका साथै आफ्ना सोंच र संस्कारलाई परिष्कृत गर्नु आवश्यकता पनि हो ।  

 नयाँ नेपालमा युवाको सपना साकार पार्नकालागि आफ्नो परिचय आफै बनाएर वा आफ्नो परिचय अरु कसैले बनाइदिएर मात्र पुग्दैन । युवाको चाहनाको आधारमा नीति नियमहरुलाइ बहकाएर मात्रै पनि हुंदैन । युवाका आवश्यकताका आधारमा राष्ट्रिय सोंच र संस्कारको बिकाश पनि गर्नु पर्दछ । स्थानिय श्रोत र साधनको उपयोग गरेर जीवन जिउन सक्ने सीप र कला सिकाउने संयन्त्र हुनु पर्दछ । यदि जीवन जिउने सिप र कलाको संयन्त्र भयो भने मात्रै सर्प जस्तो घस्रने अर्थतन्त्र होइन भ्यागुतो जस्तो उफ्ने अर्थतन्त्रको कल्पना सार्थक गर्न सकिन्छ । नत्र बीस प्रतिशत आर्थिक बृि¢ दश हजार मेघावाट जलबिद्युत उत्पादन दश लाख युवालाइ नेपालमै रोजगारी बेरोजगारी भत्ता महत्वकांक्षी सपना मात्र हुन सक्छन् । नेपाली युवाहरु मात्रै समयको सदुपयोग शिप र काम खोजीरहेका छन् । युवाहरु बेरोजगारी भत्ता खोजेका छैनन् । त्यो संयन्त्र खोई  यदी यो संयन्त्र भएमा दिनहुं एयरपोर्टमा हुने युवाहरुको लाइन स्वतः कम हुने छ ।

 समाजलाई दोष नदिउँ भने पनि नदिइरहन सिकंदैन हाम्रो समाज यस्तो छ कि आधुनिक बन्न खोज्छ नयाँ बन्न खोज्छ तर सोंच पुरानो छ शैली पुरानो छ । नयाँ र सृजनशील काम थाल्ने भन्दा पनि परम्परालाइ जोगाउने संस्कृति बढि छ । अर्थात शक्तिलाइ मान्छौ तर युवाहरुलाइ शक्तिका रुपमा स्थापित गर्दैनौ बरु शक्ति केन्द्रबाट उपयोग गर्छौ । अशल शिक्षाको अभावका कारण यासा्रगुम्बा बुझ्नलाइ अमेरिकी जर्नल पढ्नु पर्ने बाध्यता छ । त्यसैले पनि होला प्लस टु सिध्याइ सके पनि नेपाल बस्न नचाहने युवाहरुको संख्या बढेको । 

फेरी अर्को पाटो हामी अरुलाई बढि दोष त दिइरहेका छैनौ  हामी पढेका भनिएका युवाहरु बढि महत्वकांक्षी त छैनौं  हामी अपरिपक्व आक्रोश र आवेगलाइ बढी महत्व त दिइरहेका छैनौं  किन कन्फ्युज्ड भएका छौ किन निराश छौ किन नेपाल बस्न चाहंदैनौ  

 होला हामीसंग धेरै अप्ठ्याराहरु होलान् तर  किन हामी अप्ठ्यारो भित्र अबसर लुकेको देख्दैनौं किन कोइला भित्र पनि हिरा लुकेको हुन्छ भनेर बुझ्दैनौं  हामी अल्लारे अब्यबहारीक र निराश मात्र छैनौं हामी जिम्मेवार छौं हामीसँग उर्जा छ सिर्जना छ प्राथमिकता फरक होला हामी आदर्शबादी मात्र होइन ब्यबहारीक पनि छौं हाम्रा कुराहरु पनि काम लाग्ने छन् । हामी असम्भव काम गर्न चाहन्छौं ब्यबहारीक भएर । हामी भविष्य मात्र पर्खेर बस्दैनौं हामी बर्तमान भएर उचित योजना अनुसार अगाडि बढ्न चाहन्छौ भनेर किन संचार गर्न सकिरहेका छैनौं  किन हामी परिचय दिन डराइरहेका छौ 
?
त्यसका लागी युवामा उचित लगानी र कामको सुनिश्चित नगरेसम्म युवाले आफ्नो निर्णय लिन सक्ने क्षेत्रहरुमा लगानी नभएसम्म शिक्षा रोजगार र पारिवारीक स्वास्थ्यमा लगानी नभएसम्म युवाहरुले आर्थिक र सामाजिक पहिचान प्राप्त गर्न सक्दैनन् । विविध चूनौतीका ढिस्काहरु पार गर्न यूवाहरु कुनै संघसंस्थाको सदस्य भएर राजनितीमा लागेर बिकाशमा लागेर बिदेश गएर जे गरेर भए पनि युवाहरु आफ्नो छुट्टै परिचय र परिवर्तन खोजिरहेका छन् । युवाहरुले यी तमाम काम गर्दा गर्दा पनि सफलता हात लागेन भने के गर्ने त  उसलाइ कसले सहारा दिन्छ  त्यो अबस्थामा फेरी परिबर्तन गर्न खोजेको समाज र परिवार मै फर्कनु पर्छ आफ्ना आदर्शहरु बिस्रनुपर्छ अरु जस्ता छन् त्यसैमा ढिलंदै जानुपर्छ भने  त्यो जोखिम कसले लिने  यो प्रश्न मेरा लागि  तपाईका लागि  हामी आम् परिबर्तनकारी युवाका लागि  


Monday, February 13, 2012

२००७ को प्रेम दिवसमा वाचित मेरो हावा प्रेम कविता

मध्य रातका सपनाहरु, पि्रयसीको यादमा बहकियो

उनका राता ओठ र तातो अङ्गालो पो सम्भिmयो ।

अजबको रहर गजबको नशा, माया त जहर पो सम्भिmयो

त्यही बेला क्लाउडियस आई, मलाई पो झम्टियो ।।


होे तिमीलाई तोडाइयो र पो, हामी जोडिने वाहाना पाएका छौ

तिम्रो हत्या भयो र पो, हामीले तिमीलाई रसायन बनाएका छौ ।

तिमी मृत्यूको खेल खेल्यौ र पो कामुक युवा प्रेमक्रिडा खेल्न पाएका छौ

तिम्रो मृत्यू दिवस त फन्टासी र औपचारिकतामा सतही बनाएका छौ ।।


तर ए भ्यालेन्टाइन,


तिम्रो मृत्य दिवस त अश्लितामा झाङ्गनि थालेको छ रे

चोरी-चोरी नचोरी पनि जोडी हुन पाइन्छ रे ।

नगरकोट वा गोदावरी क्रिडास्थल हुन्छन रे

गल्ली -गल्लीमा पार्थिव प्रेमहरु पैसामा किन्न पाइन्छ रे ।।


शायद,


प्रेम शुन्य सम्भोग गरेकाले क्रोमोजोम नै दुषित भएको हुनुपर्छ

त्यही क्रोमोजोमबाट आत्मरित्त आतकंकारी जन्मेको हुनुपर्छ ।

हृदयहिन त बलत्कारी, तस्करी र अवसरवादी हुनुपर्छ

नत्र भने यति चााडै यो देश दिवालिवापन नहुनुपर्छ ।।


मलाई लाग्छ,


प्रेम त मानवता र करुणा मिसिएको बाक्लो मह जस्तो पो हुनुपर्छ

प्रेमको लोकमा भावना, रहस्य र सिजृनशिलता हुनुपर्छ ।

मन र भावना मिले आकासमुनी आध्यात्मिक प्रेम पनि त हुनसक्छ

यही कुरा सन्त भ्यालेन्टाइनको उद्देश्य हुनसक्छ ।।


यदि तिमी प्रेम गर्छौ भने, पुर्ण आत्मा र हृदयमा बिलिन हुनुपर्छ

लैला मजनु, रोमियो जुलियट मुनामदन पढ्नुपर्छ ।

प्रेम काल्पनीकताको चाउचाउ होइन, वास्तविकतामा हुनुपर्छ

प्रेममा परिपक्क हुादै आध्यात्मिक छलाङ मार्नुपर्छ ।।


प्रेम, प्राप्ती र आकर्षणको दायरा बन्नुहुन्न

करोडौको व्यापारहरु यसमा जोड्नुहुन्न ।

समर्पण र त्यागलाई आत्मसात गर्नुपर्छ

प्रेमलाई अक्षरले होइन, भावले बचााउनुपर्छ ।।


परिपक्क प्रेम गर्दै भरिपुर्ण हुनुपर्छ

अल्टिमेट सिमा सम्म स्वाद लिनुपर्छ ।

क्रोमोजोम शुद्ध पारी सन्त पााउदै जानुपर्छ

प्रेमपुर्ण हृदयले मित्रताको सुमधुर गित गाउनुपर्छ ।।














शुभकामना साथीहरु प्रेम दिवसको अवसरमा !!!

2007, Feb 14


Saturday, February 11, 2012

मेरो मथिङ्गलले बुझेको संविधान र संविधानसभा


जसरी एक जुगमा एक दिन एकपटक आउँछ ठुला ठुला उटल-पुटल हेरफेर ल्याउँछ भन्ने रामेश राएनका गित चर्चित भयो त्यसरी नै संविधान र नयाँ नेपाल शब्द एक पटक मात्र बोलिएन एक पटक मात्र लेखिएन राजनीतिक भाषणहरुमा बाढीहरुकै रुपमा आयो र बाढीकै रुपमा जाँदैछ । त्यसले आम जनतालाई तात्वीक असर त पारेको छैन तर बौद्धिक बहस र आधार बिनाको उत्साह भने थपेको छ । त्यसै पनि युवाहरुलाई Tag लाग्ने गरेको छ कि अपरिपक्व आक्रोसित समुह भनेर । यो बेला हामी युवा समयसंगै चल्ने युवा हामी अल्लारे छैनौ जिम्मेवार छौ र भविष्यको आधार बन्न लागेको यस अवस्थामा हामी युवा परिवर्तनका संवाहक मात्र हैनौ भविष्यका कर्णधार मात्रै हैनौ वर्तमानका साझेदार र भविष्यका आधार हौ भनेर आदर्शका गफ मात्र हैन कि ब्यबहारिक समस्या र चुनौतीहरुलाई समाधानका बाटाहरु पत्ता लगाउन संबिधान निर्माणका प्रकृया सवालहरु र यसले हांसिल गरेका उपलब्धिहरु हुनुपर्ने उपलब्धिहरुमा हामी युवा सजग र सकि्रय हुनु पर्छ भन्ने मेरो मान्यता हो ।

सामान्यतः राज्यद्वारा लागु हुने समाजको आचरण सम्बन्धि नियम नै कानुन हो जसले मानिसका ब्यबहारहरुलाई नियमित गर्दछ । कानुनले ब्यक्तिको हक अधिकार र कर्तब्य सृजना गर्दछ र यसको उल्लङ्घन भएमा निश्चित कानुनी दायित्व समेत तोकिएको हुन्छ । मानवीय ब्यबहार नियनत्रण गर्ने धर्म नैतिकतासामाजिक मूल्य मान्यता बिबेक औचित्यता दैवी प्रथा परम्परा आदी सवै कानुन अनतर्गत समावेश हुन्छन् । कानुनका विविध शाखाहरु मध्ये संम्बैधानिक शाखा राष्ट्रिय कानुनको महत्यपुर्ण शाखा हो । जसले राष्ट्रिय कानुनका त्यस्ता नियमको समुहलाई जनाउंछ जुन नियमहरुले सम्बन्धित राष्ट्रको सामाजिक आर्थीक प्रणाली संगठनको स्वरुपलाई निर्धारण गरेको हुन्छ। यस अन्तर्गत समाजको संरचनाको आधार राष्ट्र संगठनात्मक स्वरुप सरकारको स्वरुप राजनितिक दलहरुको स्थिति सरकार तथा व्यक्ति नागरिक बीचको समबन्ध ब्यक्तिको बैधानिक स्थिति मौलिक हक राष्ट्रका प्रतिनिधी अङ्गहरुको अधिकार निर्वाचन प्रणाली सरकार तथा सरकारी अङ्गहरुको अधिकार तथा न्याय प्रशासनको संरचना जस्ता महत्वपूर्ण बिषयहरु पर्दछन् । शासकको शक्ति शासितको अधिकार तथा दुवै बीचको सम्बन्ध निश्चित गर्दै श्ाासकको स्वेच्छाचारिता नियन्त्रण गर्न शासितहरुको अधिकारको रक्षा गर्ने र सार्वभौम शक्तिलाई परिभाषित गर्ने काम संबिधानको हो । राज्यका बिभिन्न अङ्गहरु खास गरि ब्यवस्थापिका कार्यपालिका र न्याय पालिकाको संरचना तिनीहरुको काम कर्तब्य र अधिकारको निर्धारण सो प्रयोग गर्ने तौर तरिका नागरिक अधिकारको प्रत्यभुति र नागरिक बीचको सम्बन्ध निर्धारण गर्दछ । अर्को तरिकाले भन्ने हो भने प्रथमतः संविधानलाई एउटा निश्चित ढांचा वा दस्तावेजको रुपमा लिने गर्दछ र यस दस्तावेजमा राज्यशक्तिको प्रयोग गर्ने बिभिन्न अङ्गहरुको स्थापना तिनिहरु बीच शक्तिको बांडफांड शक्ति सन्तुलन र नियन्त्रण आदि कानुनी नियमहरु लिखितरुपमा उल्लेख गरिएको हुन्छ । दोश्रोः लिखित दस्तावेज मात्र नभइ राज्य संचालनसंग सम्बन्धित बिषयहरु ऐन नियम अदालती निर्यय तथा परम्परा एवं संवैैधानिक अभ्यास समेतका Legal and Non Legal rules को system लाई संविधान भन्ने गरिन्छ ।

त्यसकारण संबिधान देशको मूल कानुन हो र संविधान मूल कानुन भएकोले संबिधानसंग बाझिएका कानुनहरु अमान्य हुन्छन् । सिङ्गो शासन सत्ताको सरंचना प्रस्तुत गएिको वैधानिक दस्तावेज भएकोले संविधान सार्वभौम सत्ता सम्पन्न निकाएले अनुमोदन गर्दछ र कार्यान्वयन हुन्छ । नेपालको अन्तरिम संविधान को धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकिय सत्ता नेपाली जनतामा रहने छ भनेर उल्लेख गरिएको छ । त्यसैले संविधान राज्यको एउटा Vision हो वा आदर्श हो लक्ष्य हो र Will of the people हो ।

संविधान निर्माण प्रकि्रयामा कतिपय देशहरुमा नागरिकहरुको प्रत्यक्ष्य त कतिपय देशमा अप्रत्यक्ष रुपमा सहभागिता भएको हुन्छ ।सामान्यतः संविधानको निर्माण संवैधानिक सम्मेलन जनमत सङ्गह राजनैतिक शक्तिको सहमती र राज्य प्रमुखको घोषणा जस्ता प्रकि्रयाबाट निर्माण गरिन्छ । संविधानको निर्माण वा संशोधन अन्य कानुनहरुको तुलनामा बढि जटिल वा कठोर हुन्छ ।

नेपालमा पनि संविधानसभा द्धारा भावी संविधानको खाका बनिरहेको छ । मुलुकलाई व्यवस्थित र मर्यादित ढङ्गले साचालन गर्न र राज्यलाई कुनै व्यक्तिको इच्छामा वा स्वेच्छामा चल्न नदिनका लागि जसरी दाँईमा मियोको महत्व हुन्छ त्यसरी नै राज्य साचालनका लागी संविधान आवश्यक पर्छ । यति महत्वपुर्ण विषयवस्तु र लोकतान्त्रिक शासन पद्धतीमा विश्वास गर्ने मुलुकमा अर्थात सार्वभौमसत्ता जनतामा निहित भएका मुलुकमा संविधान निर्माण गर्ने विभिन्न प्रकि्रया मध्ये संविधानसभा एउटा विश्वासिलो र उत्तम प्रकि्रया हो ।

सिङ्गो राज्य संाचालनमा जनताले स्वामित्व अपनत्व र लोकतान्त्रिक अभ्यास गर्ने माध्यमका रुपमा संविधानसभा रहने गर्दछ । विश्वका २१२ राष्ट्रमध्ये २०० देशहरुमा मात्र संविधान लेखिएका छन् त्यसमा करिव ४२ देशका संविधान मात्र संविधानसभाको प्रकि्रयाका आधारमा लेखिएका छन् । संविधानसभाको माध्यमबाट संविधान लेख्ने पहिलो मुलुक सयुत्तं राज्य अमेरिका हो भने पछिल्लो मुलुक वोलिभिया हो । नेपालको संविधानसभा निर्वाचनका क्रममा प्रयोग गरिएको प्रत्यक्ष निर्वाचन निलो मतपत्र बाट २४० जना समानुपातिक निर्वाचनवाट रातो मतपत्र वाट ३३५ र सरकारको मनोनयवाट २६ जना गरि कुल ६०१ संविधानसभा सदस्यले संविधान निर्माण प्रकि्रयामा सहभागिता जनाएका छन् । जसमा कुल संख्याको १९७ महिला ४०३ पुरुष र १ यौनिक अल्पसंख्यक रहेका छन । संविधानसभाको कुल संख्यामा दलित ५० आदिवासी जनजाती २१८ मधेशी १४९ छन् भने १३९ जना ३० वर्षभन्दा कम उमेरका युवाहरुको उपस्थिती छ ।

संविधानसभामा एक जना अध्यक्ष एक जना उपाध्यक्ष संविधानसभावाटै निर्वाचित भएका छन् । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले सभाको अध्यक्षता गर्दछन् र सभाध्यक्षको अध्यक्षतामा बसेको बैठकमा संविधानसभामा प्रस्ताव कसरी र कसले राख्ने पारित कसरी गर्ने छलफल विधि कसरी अगाडी बढाउने ध्वनी मत र गनी मत द्धारा निर्णय हुन्छ । बैठक बस्ने मिति समय र छलफल हुने विषय वस्तुको पुर्व जानकारी गराइन्छ कतिपय विषय वस्तुमा अनिवार्य उपस्थितिका लागि सम्बन्धित दलहरुबाट सभासदहरुलाई उपस्थित हुने भन्ने आदेश व्हिप जारी गरिन्छ । सविधानसभामा भने प्रतिपक्षको स्थान नभइ सबै सविधान सभाका सदस्य मात्र हुने भएकोले यसमा पक्ष,विपक्ष हुदैनन् । सविधानसभामा संवैधानिक समिति १ विषयगत समितिहरु १० र प्रकि्रयागत समितिहरु ३ गरि जम्मा १४ समितिहरु रहेका छन् । ती समितिहरुले आ-आफ्नो कामको प्रकृति अनुसार विभिन्न उपसमितिहरु समेत निर्माण गरेका छन् । उल्लेखित १४ समितिहरु निम्न अनुसार छन् ।

१ संबैधानिक समिित
२ मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिित
३ अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समिित
४ राज्यको पुनस्ररचना र राज्यसमितिको बांडफाँड समि_ित्
५ राज्यको शासकिय स्वरुप निर्धारण समिित
६ व्यवस्थापकिय अंगको स्वरुप निर्धारण समिित
७ न्याय प्रणाली सम्बन्धी समिित
८ संवैधानिक निकायको संरचना निर्धारण समिित
९ प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समिित
१० सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिित
११ राष्ट्रिय हितको संरक्षण समिित
१२ नागरिक सम्बन्ध समिित
१३ जनमत संकलन तथा समन्वय समिित
१४ क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिित

जय होस् युवाहरु ! ! !