Friday, May 8, 2009

बन्द भविश्य

शुल्क बृद्धिको बहानामा विद्यार्थी सङ्गठनहरु त्रिभुवन विश्वविद्यालय बन्द गरेका छन भने त्रि।वि। परिक्षा व्यवस्थित गर्नका लागि बाध्य भएर शुल्क बृद्धि गर्नुपरेको भनेको छ जसले जे भने पनि यसको मारमा परेका छौ हामी विद्यार्थीहरु । ३ वर्षे स्नातक ४ वर्ष स्नाकोत्तर द्वितिय वर्षमा पढ्ने बेला पुरानो ज्ञकत थ्भबच । जसको सो´ाे असर वृति ९ऋबचभभच० मा परेको छ जागिर खान ढिला बाहिर जान ढिला व्वसाय गर्न ढिला प्रमाण पेश गर्न ढिला आखिरमा वृति विकास र शैक्षिक विकास नै ढिला
राजनीतिमा लागेका विद्यार्थीले त आफ्नो वृति राजनीति मै देखेका होलान आफ्नो साङ्गठिक उद्देश्य प्रतिष्ठा र सतही चर्चाका लागि शुल्क राम्रो राजनैतिक खुराक बनेको होला । तर हामी आम राजनीतिमा नलागेका विद्यार्थीको त आधार सर्टिफिकॆट नै हो ज्ञान नै हो । एक सेकेन्ड पछि पर्नु भनेको वर्षौ विकासमा पछाडी पर्नु हो भनेर भाषण गर्नेहरु विश्वविद्यालय महिनौ बन्द गरेर विद्यार्थीको मानविय विकास र भविष्यलाई पछाडी धकेलिरहेको छैन र ।

प्राइभेट कलेज र स्कुलहरुको हाजारौ हजार शुल्क वृद्धिमा चुपचाप हेरेर बस्ने तर त्रि।वि। को बाध्यता वा प्रकि्रयालाई लिएर आम विद्यार्थीको शैक्षिक र मानविय विकासलाई तिरस्कार गर्नु काहाँ सम्मको जायज राजनैतिक चेतना वा नैतिकता हो के उपकुलपतिको राजिनामा नै समाधानको अन्तिम उपाय हो प्रणाली परिवर्तन गर्न डराउने र व्यक्ति परिवर्तन गर्न लहराउने कस्तो संस्कार कसले त्रि।वि। मा काम गर्ने कसले अनुगमन गर्ने कसको उत्तरदायिव हो त्रि।वि। संरक्षण गर्ने र हामी विद्यार्थीको भविष्य कहिले सम्म पछाडी धकेलिरहने ?

No comments:

Post a Comment